एकसय चालकको निःशुल्क स्वास्थ्य परीक्षण
हेटौंडा- ट्राफिक प्रहरी कार्यालय मनहरीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।ट्राफिक प्रहरी कार्यालयले मनहरी गाउँपालिकासँग समन्वय गरेर निःशुल्क स्वास्थ्य परिक्षण
गरेको हो । मंगलबार बिहान गरिएको स्वास्थ्य जाँच कार्यक्रममा एकसय जना चालक र सहचालकहरु लाभान्वित भएका छन् ।मुख्य रुपमा सवारी चालकको रक्तचाप र आँखा जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय मनहरी प्रमुख एबम् बरिष्ठ प्रहरी नायब निरीक्षक हरिबहादुर क्षेत्रीले बताए । मनहरी हुँदै चितवन जाने ट्रिफर चालकहरुलाई लक्षित गरी स्वास्थ्य जाँच कार्यक्रम गरिएको हो ।
मनहरी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी तथा आँखा जाँचका लागि स्थानीय साकुरा आँखा उपचार केन्द्रबाट खटिएका स्वास्थ्यकर्मीहरुले चालक र सहचालकहरुको स्वास्थ्य जाँच गरेका थिए । ट्राफिक प्रहरी कार्यालय मनहरीले नियमित रुपमा चालक र सहचालकका लागि आँखा र स्वास्थ्य जाँच कार्यलाई निरन्तरता दिँदै आएको छ ।







