अशक्त युवकलाई ह्वीलचेयर प्रदान
हेटौंडा- हेटौंडाका एक अशक्त युवकलाई जीवनयापनमा सहज बनाउन ह्वीलचेयर सहयोग गरिएको छ ।शारीरिकरुपमा अशक्त भई दैनिक जीवनमा समस्या व्यहोर्दै आएका हेटौंडा–१७ का १६ वर्षीय भोजराज घिमिरेलाई हेटौंडा उपमहानगरपालिकाले ह्वीलचेयर दिएको हो । उपमहानगरको महिला तथा बालबालिका महाशाखाको समन्वयमा नगर प्रमुख मीनाकुमारी लामाले ह्वीलचेयर हस्तान्तरण गरेकी हुन् । अशक्त घिमिरेलाई घर बाहिरको वातावरणमा हिँड्डुल गर्न सहज बनाउन सहयोग सामग्री हस्तान्तरण गरिएको महिला तथा बालबालिका विकास महाशाखाका प्रमुख जगन्नाथ सापकोटाले बताए ।
ह्वीलचेयर भोजराजका बुवा कृष्णप्रसादले बुझेका थिए । उनले उपमहानगरले दिएको सामग्रीले छोरालाई बाहिरी वातावरणमा हिँड्न सहज भएको भन्दै खुशी भए । उपमहानगरले चालु आर्थिक वर्ष २०७८÷०७९ मा हालसम्म नगरका विभिन्न वडामा गरेर शारीरिकरुपमा अशक्त भएकाहरुलाई ७० वटाभन्दा बढी ह्वीलचेयर दिइएको महाशाखा प्रमुख सापकोटाले जानकारी दिए ।







