युवा परिषद्को स्थापना दिवस

साझाकुरा
२०७९ जेष्ठ २६, बिहीबार ११:०२

हेटौंडा- बागमती प्रदेशको प्रदेश युवा परिषद्ले पहिलो स्थापना दिवस मनाएको छ । परिषद्को कार्यालयमा बुधवार औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
स्थापना दिवसको अबसरमा परिषद्ले रक्तदान र हेटौंडा अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । मन्त्री ढकालले युवाहरुलाई रोजगारीको ग्यारेन्टीसहिततालिम दिनका लागि तयारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले प्रत्येक स्थानीय तहमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्नुपर्ने बताए । युवाहरुलाई उत्पादनमा जोड्नुपर्ने ढकालको भनाइ छ । उपाध्यक्ष चौलागाईंले प्रदेश युवा नीति तयार भइरहेको बताए ।कार्यक्रममा प्रदेशका पूर्वमन्त्री चन्द्र लामा, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*