जिससको निर्वाचन गर्न आयोगलाई सिफारिस

साझाकुरा
२०७९ जेष्ठ २६, बिहीबार ११:१०

हेटौंडा- जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन गराउन निर्वाचन आयोगलाई सिफारिस गरिने भएको छ ।जिससको बुधबार बसेको बैठकले निर्वाचन गराउन निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो । ज्येष्ठ सदस्य देवकृष्ण पुडासैनीको अध्यक्षतामा बसेको बैठकले ९ सदस्यीय समिति गठन हुने गरी निर्वाचन प्रक्रिया सम्पन्न गराइदिन निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय छ ।

त्यस्तै, बैठकले जिससका पूर्व पदाधिकारीहरुहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ भने स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतहरु र मतदान अधिकृतसहित निर्वाचन प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।जिससको निर्वाचनमा मकवानपुरको १० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जना मतदाता रहने व्यवस्था छ ।स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको संख्या हेर्दा नेपाली कांग्रेसको ९, नेकपा माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता
रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*