हेटौंडाका १८ वर्षीय किशोर गाँजासहित पक्राउ

साझाकुरा
२०७९ जेष्ठ २७, शुक्रबार ११:४०

हेटौंडा- प्रतिबन्धित लागूऔषध गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरले प्रहरीले हेटौंडाका एक किशोरलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् । मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडक खण्डबाट ४ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित किशोरालाई ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको जानकारी दिएको छ ।चितवनबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ६५७० नम्वरको बसलाई जाँच गर्दा बसमा सवार किशोरको साथबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*