सुत्केरीलाई सेनेटरी प्याड सहयोग

साझाकुरा
२०७९ जेष्ठ २८, शनिबार १३:५३

हेटौंडा- हेटौंडा अस्पतालमा उपचाररत् सुत्केरी महिलाहरुलाई सेनेटरी प्याड सहयोग उपलब्ध गराइएको छ ।नेकपा एमालेको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी महासंघ मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडा अस्पतालमा सुत्ेकरी भएका आमाहरुका लागि सेनेटरी प्याड वितरण गरिएको हो । महासंघको १७ औं स्थापना दिवसका अवसरमा अस्पतालमा सुत्केरी भएका आमाहरुलाई सेनेटरी प्याड दिइएको हो ।

हेटौंडा अस्पतालमा पछिल्लो समय सुत्केरी हुने महिलाहरुको चाप छ । सुत्केरी महिलाहरुका लागि धेरै दिनसम्म सेनेटरी प्याड लगाउनुपर्ने भएकाले पर्याप्त रुपमा प्याड सहयोग गरिएको महासंघले जानकारी दिएको छ ।सहयोग कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरि ढकाल, महासंघका बागमती प्रदेश सहइन्चार्ज पिताम्बर पन्त, मकवानपुर इञ्चार्ज लीलाधर पौडेल, जिल्ला अध्यक्ष भोला प्रसाद चौलागाई, सचिब उत्सब चौलागाईलगायतकाको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*