साहाराको ६ सय ३७ ग्यास सिलिण्डर नष्ट

साझाकुरा
२०७९ जेष्ठ २८, शनिबार १३:५९

हेटौंडा- हेटौंडामा रहेको साहारा ग्यास इण्डष्ट्रिज प्रालिले गुणस्तरहीन ६ सय ३७ थान ग्यास सिलिण्डर नष्ट गरेको छ ।उपभोक्ताले प्रयोग गरेर गुणस्तर खस्किएका सिलिण्डरलाई उद्योगले औपचारिक कार्यक्रम नै राखेर सुरक्षित ढंगबाट नष्ट गरेको हो । हेटौंडा–३, स्थित उद्योग परिसरमा शुक्रबार ‘गुणस्तरहीन तथा पुराना सिलिण्डर नष्ट गर्ने कार्यक्रम’ आयोजना गर्दै उद्योगले उक्त सिलिण्डर नष्ट गरेको छ ।

उपभोक्ताहरुले गुणस्तरहीन सिलिण्डरकै कारण दुर्घटना निम्तिन सक्नेप्रति चिन्ता व्यक्त गर्दै आइरहेका हुन्छन् । उपभोक्ताहरुको सुरक्षालाई मध्यनजर गर्दै उद्योगले गुणस्तरहीन सिलिण्डलाई नष्ट गरेको जनाइएको छ । उद्योगका प्रबन्धक खडगबहादुर थापाले प्रयोगमा रहेको सिलिण्डरहरुमा लिकेज, प्वाल परेको, बिग्रेको र म्याद नाग्न लागेको अवस्था भेटिएपछि नष्ट गरिएको जानकारी दिए ।

विगतमा पनि त्यस्ता सिलिण्डरहरु नष्ट गरिँदै आइरहेको र उपभोक्ताको सुरक्षाका लागि आगामी दिनमा पनि सिलिण्डर परीक्षणलाई निरन्तरता दिने प्रबन्धक थापाले बताए ।
कार्यक्रममा हेटौंडा–३ का वडा अध्यक्ष ढलकबहादुर थापा, नेपाल ग्यास व्यवसायी महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष बिनोदमान श्रेष्ठ, मकवानपुर ग्यास व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिस गोबिन्द जोशीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*