दुर्घटनामा बाबुछोरीको मृत्यु

साझाकुरा
२०७९ जेष्ठ २९, आईतवार ०९:४२

हेटौंडा- पूर्वपश्चिम राजमार्ग अन्र्तर्गत हेटौंडा–९ पशुपतिनगरमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि बाबुछोरीको मृत्यु भएको छ । भारतबाट ग्यास बोकेर आएको एनएल ०१ एल २९७१ नम्बरको बुलेट ट्याङकरले हेटौंडा बजारतर्फ आउँदै गरेकोे ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ । घटनामा ५५ वर्षीय बाबु इश्वरकुमार तामाङ र उनको २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बुलेट ट्याङकरको ठक्करबाट मोटरसाईकल उछिटिएर घाइते भएका उनीहरुलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*