सानिमा लाईफ इन्स्योरेन्सद्वारा एकसय २० जनालाई प्रशिक्षण
हेटौंडा- सानिमा लाईफ इन्स्योरेन्सले विमा अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई प्रशिक्षण दिएको छ । इन्स्योरेन्सले एक सय २० जनालाई प्रशिक्षण दिएको शाखा प्रमुख अजय फुयाँलले जानकारी दिए । इन्स्योरेन्सका मुख्य प्रवन्धक गणेश चौँलागाईले अभिकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । उनले सानिमाले सञ्चालन गरेका विमाका प्रकारको विषयमा जानकारी गराएका थिए ।सानिमाले सुरु गरेको बाल सौगात विमा गर्दा ६५ प्रतिशत ग्यारेन्टी वोनस पाउने विषयमा चौँलागाईले जानकारी गराएका थिए ।चौँलागाईले विमाको विकास, विस्तार, विमितहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी गराएका थिए ।विमाले मानिसको जीवनमा धेरै सहजिकरण गर्ने भन्दै हेटौँडा शाखा प्रमुख फुँयाले सानिमामा विमा गरी भविष्यलाई सुरक्षित पार्नको लागि अनुरोध गरेका छन् ।







