शान्ति अप्टिकलद्वारा निःशुल्क आँखा जाँच

साझाकुरा
२०७९ असार ५, आईतवार १३:०३

हेटौंडा- हेटौंडा–१०, स्थित शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्सको सहकार्यमा शनिवार हेटौंडामा निःशुल्क आँखा जाँच गरिएको छ ।आँखा परीक्षण मोबाइल एसोसिएसन अफ मकवानपुरको आयोजनामा भएको हो । आँखा परीक्षण शिविरमा ६० जनाले आँखा जाँच गरिएको शान्ति अप्टिकलका सुदीप ठकुरीले जानकारी दिए । मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता तथा मोवाइल एसोसिएसन अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा शिविर कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले आँखा जस्तो संवेदनशील अंगको नियमित हेरचाहसँगै स्वास्थ्य संस्थामा परीक्षण गराउनु पर्ने बताए ।

कार्यक्रममा मोबाइल एसोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष एसिस रिजाल, नेपाल मोवाइल वितरण संघ संयोजक रोहिणीप्रसाद गौतमलगायतको आतिथ्यता थियो । शान्ति अप्टिकलका सञ्चालक सुदिप ठकुरीले जिल्लाको विकट स्थानमा पनि पुगेर शिविर सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको बताए । शान्ति अप्टिकलले विगतका दिनदेखि जिल्लामा निःशुल्क आँखा परीक्षण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*