राष्ट्रिय परिचयपत्रको विवरण संकलन आजबाट पुनः सुरु

साझाकुरा
२०७९ असार ६, सोमबार १०:१८

हेटौंडा- चट्याङका कारण स्थगित भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य आज सोमबारबाट पुनः सुरु हुने भएको छ ।असार १ गते वर्षासँगै  परेको चट्याङको कारण स्थगित भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य आजबाट पुनः सुरु हुने भएको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आइतबार एक सुचना जारी स्थगन भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलनसोमबारबाट सुचारु हुने जानकारी दिएका हुन् । चट्याङले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको मेसिन बिग्रिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*