विद्यार्थीलाई सय थान पोशाक

साझाकुरा
२०७९ असार ७, मंगलवार १०:२९

हेटौंडा, ६ असार÷ हेटौंडा उपमहानगरपालिका–७ स्थित, नवज्योति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाइ पोशाक उपलब्ध भएको छ । ईच्छा मनकामना डेभलपर्स प्रालिले कम्पनीका सञ्चालक रामशरण गौतमले सोमबार विद्यालयमा आयोजित एक कार्याक्रमबीच विद्यालयका विद्यार्थीका लागि पोशाक हस्तान्तरण गरेका हुन् । नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययनरत् गरिब जेहेन्दार एकसय विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको गौतमले जानकारी दिए ।

कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम, वडा सदस्यहरु, विद्यालयका अध्यक्ष कृष्ण बहादुर थापामगरलगायतको उपस्थिति थियो । पोशाक वितरण गर्दै वडा अध्यक्ष गौतमले सामाजिक सेवाको भावानाले विद्यालयका विद्यार्थीलाई सहयोग गरेकोमा डेभलपर्स प्रालिलाई धन्यवाद दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*