बलात्कार आरोपमा एक जना पक्राउ
हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाबाट प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ ।मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई युवती बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीमाथि २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको हो । रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगी रुम्बाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । युवतीमाथि बलात्कार भएको खबर हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको हो ।







