लागूऔषधसहित एकजना पक्राउ

साझाकुरा
२०७९ असार ८, बुधबार १०:०५

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा हेटौंडा–१५ चुरियामाई स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा लागूऔषधसहित एकजनालाई पक्राउ गरेको हो । पथलैयाबाट हेटांैडातर्फ आउँदै गरेको बा. २५ प १२४ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा प्रहरीले हेटौंडा–४ का २७ वर्षीय सुनिल देउलाले लुकाएर ल्याएको ६५ बोतल लागूऔषध फेला परेको हो । सुनिल र मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरी थप अनुसन्धान अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*