मकवानपुरमा असार ९ गते देखि फाईजर खोप लगाइने

साझाकुरा
२०७९ असार ८, बुधबार १०:१६

हेटौंडा- मकवानपुरमा असार ९ गते बिहीबारदेखि १५ गतेसम्म फाईजर खोप लगाइने भएको छ ।जिल्लाको ६१ हजार ७५ जना बालबालिकालाई कोभिड–१९ विरुद्ध फाईजर खोप लगाईने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै ५ बर्ष पूरा भई ११ बर्षसम्मका बालबालिकालाई सुन्तला रड्डको फाईजर खोप लगाइने जनाएको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले मकवानपुरको १० वटै पालिकामा ५ दिनसम्म खोप अभियान सञ्चालन हुने जानकारी दिए ।
खोप अभियानमा मकवानपुरका विद्यालय र वडा कार्यालयहरु लक्षित तोकिएका केन्द्रहरुमा एक सय ३ वटा स्वास्थ्य संस्थाका ३ सय ९० जना स्वास्थ्यकर्मी खटिने उनले बताए । कोभिड–१९ विरुद्ध खोपको घोलक ०.९ प्रतिशत सोडियम क्लोराइड हो ।

यसबाट गम्भीर प्रकृतिका बिरामीलाई १० लाखमा एक जनालाई विभिन्न समस्या देखिने हुन्छ । फाईजर खोप ९१ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।
पहिलो लगाएको २१ दिनपछि दोस्रो मात्राको खोप लगाउन मिल्छ । विभिन्न चरणमा लगाइने खोप अभियानमा १२ बर्ष र १८ वर्षभन्दा माथिकालाई पनि पहिलो चरणको यस खोप अभियान सञ्चालनपछि लगाइने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले विद्यालय लक्षित कार्यक्रम सञ्चालन गरिने बताए । उनले विद्यालयमा ७ प्रतिशत बालबालिकाले फाईजर खोप लगाउने लक्ष्य रहेको दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*