भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलनको मृत्यु

साझाकुरा
२०७९ असार ८, बुधबार १७:४५

लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको छ ।२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा कैदी जीवन बिताइरहेका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङले जानकारी दिए । परियारको थप उपचारका लागि स्वास्थ्य चौकीले हेटौंडा अस्पताल रिफर गरेको थियो । उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको जनाइएको छ । मृत्यु कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*