हेटौंडा उपमहानगरद्वारा ट्राफिकलाई ब्रेथलाइजर

साझाकुरा
२०७९ असार ९, बिहीबार ११:१५

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ब्रेथलाइजर मेसिन सहयोग गरेको छ । मादक पदार्थ सेवनबाट दैनिक भइहेको सवारी दुर्घटना न्यूनीकरणका लागि उपमहानगरले सक्रियता देखाउ“दै मेसिन सहयोग गरेको हो । उपमहानगरका प्रमुख मिनाकुमारी लामा र उपमेयर राजेश बानिया“ले ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापालाई ५ वटा मेसिन सहयोग गरेको हो । करिब ५ लाख रुपैया“ बराबरको मेसिन सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ । ‘ट्राफिकका लागि आवश्यक सामग्री हामीले हस्तान्तरण गरेका हौं ।

सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आगामी दिनमा पनि हामी हातेमालो गर्न तयार छौं’, प्रमुख लामाले भनिन् । उनले मेसिनले सवारी दुर्घटना न्यूनीकरण पुग्नेमा विश्वास व्यक्त गरिन् ।ट्राफिक प्रहरी प्रमुख निरीक्षक थापाले बजारको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना घटाउन उपमहानगरस“ग सदैब सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले दैनिकरुपमा उपमहानगरको विभिन्न स्थानमा ब्रेथलाइजर मेसिनबाट मापसे चेकिङ गरिनेसमेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*