पूर्व राजा महेन्द्र शाहको जन्मजयन्तीमा रक्तदान
हेटौं- पूर्व राजा महेन्द्र शाहको १०२ औं जन्मजयन्तीको अवसरमा बिहीबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुरले पूर्व राजा महेन्द्र शाहको जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा राप्रपाका नेता, कार्यकर्ताले रक्तदान गरेका थिए । मकवानपुरमा रगतको अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना हुँदा केही राहत भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिए ।राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षता तथा राप्रपाका वरिष्ठ नेता दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो ।







