हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित
हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ । विहान १० बजेका लागि बोलाइएको ११ औं अधिवेशन नगरसभामा बहुमत रहेको एमालेबाट निर्वाचित सदस्यहरुले उपस्थितिमा हस्ताक्षर नगर्दा अझै सुरु हुन सकेको छैन । नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको हो । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि उपस्थित रहेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसिरहेका छन् । उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गरेका छैनन् ।







