मेयरको अधिकार कटौती गर्न मिल्दैनः प्रवक्ता न्यौपाने

साझाकुरा
२०७९ असार ११, शनिबार ११:२५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले मेयरको अधिकार कटौती गर्न नमिल्ने बताएका छन् । नेकपा एमालेले मेयरको अधिकार कटौतीको माग राख्दै नगरसभा बहिष्कार गरेपछि पत्रकार सम्मेलन गर्दै हेटौंडा–१ का वडाअध्यक्ष समेत रहेको युवा नेता न्यौपानेले यस्तो दावी गरेका हुन् ।‘मेयरको संलग्नाता विनाको निर्णय मान्य हु“दैन । बहुमतले निर्णय गर्ने भएपनि त्यसमा मेयरको संलग्नता अनिवार्य चाहिन्छ । त्यसकारण एमालेका साथीहरुले राख्नु भएको माग गलत छ ।’, प्रवक्ता न्यौपानेले मेयरको अधिकार कटौनी कानुनअनुसार नभएका कारण न्यायोचित नहुने दावी गरे ।

‘एमालेले बहुमतको दम्भले मेयरको अधिकार आफूमा तान्ने दुश्प्रयास गरिरहेको छ । यो कदापि ठिक होइन ।’, हेटौंडा उपमहानगरको वैठक कार्यविधि प्रदेश र संघीय कानुनस“ग नबाझिने उनले बताए । ‘संघ र प्रदेशको कानुनस“ग हामीले बनाएको कानुन बा“झिदैन ।’, उनले भने ।तत्कालिन हेटौंडाको मेयर हरिबहादुर महत हु“दा र एमालेकै बहुमत रहेको अवस्थामा बनाइएको कानुन भएका कारण संशोधन नगर्ने पक्षमा सत्तारुढ गठबन्धन रहेको छ ।एमालेको अवरोधका कारण हेटौंडाको नगरसभा आइतबारका लागि पुनः बोलाइएको छ । गणपुरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको थियो । नगरसभामा एमालेको बहुमत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*