औषधि व्यवसायी संघको स्थापना दिवसमा मामाघरलाई सहयोग

साझाकुरा
२०७९ असार ११, शनिबार ११:३०

हेटौंडा- नेपाल औषधि व्यवसायी संघ मकवानपुरको स्थापना दिवसको अवसरमा मामाघर नेपालमा खाद्यान्न सहयोग गरिएको छ ।संघको ४९ औं स्थापना दिवसको अवसरमा ३० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरिएको हो ।संघले मामाघर नेपालमा आश्रीत बालबालिकाहरुको लागि ६ बोरा चामल, एक बोरा चिउरा, एक बोरा मस्यौरा, एक बोरा दाल, तेल, लुगा धुने र नुहाउने साबुन सहयोग गरेको संघका अध्यक्ष नारायणलाल श्रेष्ठले जानकारी दिए । खाद्य सामाग्री वितरण कार्यक्रममा मकवानपुरका औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*