ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ

साझाकुरा
२०७९ असार १२, आईतवार १०:१०

नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ विजयी भएका छन् । शनिबार सम्पन्न पन्ध्रौँ साधारण सभा तथा सातौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ बर्षे कार्यकालका लागि महासंघको अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत मात्र पाए ।महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । तयसैगरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी क्रमश १ सय ३४ र १ सय ५ मत ल्याई विजयी भएका हुन् ।

महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रोपटक पनि निर्विरोध निर्वाचित हुन् सफल भएका छन् । सचिवमा १ सय ३८ मत प्राप्त गरि उमेशचन्द्र मजगैयाँ विजयी भएका हुन् ।त्यस्तै कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको सह–कोषाध्यक्ष ७९ मत ल्याई राजन केसी निर्वाचित भएका छन् । महाधिवेशनले ७ जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*