डाइनामिक पब्लिक लाइब्रेरीको शाखा गठन
हेटौंडा- हेटौंडामा युवा व्यवसायी गंगाप्रसाद पौडेलको नेतृत्वमा डाइनामिक पब्लिक लाइब्रेरी (डीपीएल) नेपालको शाखा गठन भएको छ । डीपीएल नामक संस्थाले पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचसहितको शुसंस्कृत युवा नेतृत्व भन्ने अभिप्रायअनुसार गतिविधि अगाडि बढाउँदै आएको छ । डीपीएल नेपाल सन् २०२१ देखि राष्ट्रिय अभियानका रुपमा अघि बढेको थियो । संस्थाको हालसम्म हेटौंडासमेत गरी १२ ओटा शाखा बिस्तार भएको छ । शनिबार हेटौंडामा भएको छलफलबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा सुमन कँडेल, उपाध्यक्षमा सुमन अर्याल र सरला अधिकारी, महासचिवमा गणेश दुलाल, कोषाध्यक्षमा अनिल बानियाँलगायत सर्वसम्मत चयन भएका छन् ।
समितिले बाँकी सदस्यहरुलाई पछि मनोनित गर्ने जनाइएको छ । डीपीएलको कानुनी सल्लाहकारमा राज सापकोटा, जनसम्पर्क संयोजकमा विनोद वाग्ले चयन भएका छन् । डीपीएल राष्ट्रिय अध्यक्ष सन्दीप न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रविण मैनालीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति बनाइएको
छ । सल्लाहकार समितिको सहसंयोजकमा सरोज अधिकारी र सदस्यमा बिजय कार्की छन् । संस्थाको झापास्थित दमकमा केन्द्रीय कार्यालय छ ।







