बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक सामग्री सहयोग

साझाकुरा
२०७९ असार १३, सोमबार ०८:५४

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भीमफेदी बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।सहयोगीदाताहरुले प्रदान गरेको शैक्षिक सामाग्री बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले वितरण गरेकी हुन् ।बालगृहमा आश्रित २७ जना विद्यार्थीलाई स्टेशनरी सामान र ब्याग प्रदान गरिएको बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगरले जानकारी दिए ।बालगृहको अनुगमन गर्नुहुँदै मन्त्री मोक्तानले बालगृहको छात्राबासका लागि सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने आश्वासन दिइन् । बाल संगठन मकवानपुरका सभापति मगरले बागमती प्रदेश सरकारले ३ सयदेखि ५ सयसम्म अट्ने बालगृह बनाउन सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*