२८ जनाले दिए रगत

साझाकुरा
२०७९ असार १४, मंगलवार १०:४०

हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोश्रो वार्षिक उत्सवको अवसरमा रक्तदान र बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । प्रतिष्ठानका कर्मचारीहरु सहित गरेर २८ जनाले रक्तदान गरेका छन् । दिवसमा हेटौंडा अस्पतालमा उपचाररत् ७० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । बिरामीहरुलाई जुस, केरा, स्याउसहितको फलफूल प्रदान गरिएको हो । प्रतिष्ठानका पदाधिकारीले बिरामीको शीघ्र स्वास्थ लाभको कामना गरे । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशी, रजिष्ट्रार राजेश प्रसाइँ, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सतिशकुमार देव, कार्यक्रम संयोजक चीरञ्जीवि चुडाल, प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*