प्लाष्टिक प्रयोग नगर्ने उपमहानगरको प्रतिबद्धता

साझाकुरा
२०७९ असार १४, मंगलवार ११:०६

हेटौंडा- मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक मानिएको ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिक झोला प्रयोग नगर्ने हेटौंडा उपमहानगरपालिकाले प्रतिबद्धता जनाएको छ ।हेटौंडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन प्लाष्टिक प्रयोगमा कडाई गर्ने भएको छ । सरकारले यसअघि नै ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर, कार्यान्वयनमा सरकारी निकायले नै उदासिनता देखाउँदै आएका थिए । नियमित अनुगमन र निरीक्षण नहुँदा व्यापारिकरुपमा ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक निर्बाधरुपमा प्रयोग भइरहेको थियो । सोमबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईले कार्यालय परिसरमा ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिकको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–२ र हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रतिबद्धता कार्यक्रममा उपप्रमुख बानियाँ र अधिकृत चौलागाईंले प्रतिबद्धता जनाए । प्रतिबद्धता अनुसार उपमहानगर कार्यालय परिसर र हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडा क्षेत्रमा ४० माइक्रोन बराबरको प्लाष्टिकको प्रयोग नगर्ने र गर्न नदिने उल्लेख छ । उपप्रमुख बानियाँले औपचारिक कार्यक्रमभन्दा पनि प्रतिफलमा ध्यान दिन आग्रह गरे । धेरै अघिबाट प्लाष्टिक प्रयोगमा कमि ल्याउने खालका अभियानहरु सञ्चालन भएपनि कार्यान्वयनमा कमजोर हुँदै आएको बताएका थिए ।
कार्यान्वयनमा नआउँदा समस्या भइरहेकोप्रति बानियाँले अभियानभन्दा पनि प्लाष्टिक प्रयोगलाई निरुत्साहन कार्यको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए । अभियानलाई प्रभावकारी बनाउन बजारका पसलहरु, बिक्री केन्द्र र आयातलाई रोक्न जरुरी रहेको उपप्रमुख बानियाँको भनाइ थियो । चालु आर्थिक वर्षमा कार्यपालिकाको बैठकबाटै उप
महानरसहित हेटौंडा–२ मा रहेका सरकारी कार्यालय र टोलमा कम तौल भएका प्लाष्टिकको प्रयोग रोक्ने अभियान सुरु भएअनुसार प्रतिबद्धता गरिएकोे समाजिक महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*