फरार प्रतिवादी पक्राउ

साझाकुरा
२०७९ असार १६, बिहीबार ११:३७

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग राखेको अभियोग लागेका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ बाट संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग राख्ने तथा खरिद बिक्री तथा ओसारपसारमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–९ शक्तिखोर घर भएका ४१ वर्षीय राम कुमार प्रजा रहेका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका–११ घर भई हाल तनहुँ व्यास गाउँपालिका–११ मुलपानी बस्ने ठूलो कान्छा तथा सागर प्रजा भनिने ५२ वर्षीय विन्दर सिंह प्रजासहित दुई जनाले गैंडा शिकार गरेका थिए । खाग (आखेटोपहार) खरिद बिक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका प्रजालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सोमबार हेटौंडा–४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*