ज्ञानोदयले मनायो धान दिवस

साझाकुरा
२०७९ असार १६, बिहीबार ११:४४

हेटौंडा- हेटौंडाको ज्ञानोदय बालबालिका एकेडेमीले १९ औं धान दिवस मनाएको छ । एकेडेमीले नेपाली संस्कृति, सभ्यता र पहिचानसँग सम्बन्धित मानो रोपेर मुरी फलाउने दिनका रुपमा धान दिवस मनाएको उल्लेख गरेको छ । १५ असारमा दिवसको अबसर पारेर नेपालीहरुले हिलो खेल्ने र दही चिउरा खाने प्रचलनलाई निरन्तरता दिन र बिद्यार्थीहरुलाई दिवसको महत्व बुझाउन कार्यक्रम गरिएको एडेकेमीले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा धान दिवसको अबसरमा कार्यक्रम गरिएको हो । कार्यक्रममा हेटौंडा–२ का वडा सदस्य ईन्द्र रिजाल, केदार न्यौपाने, कृष्ण मरठ्ठा, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी र कक्षा ८, ९ तथा १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*