लागूऔषध गाँजासहित दुई जना पक्राउ

साझाकुरा
२०७९ असार १७, शुक्रबार ०९:२१

हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट १५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय इन्द्रबहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.७ ख ६०५९ नम्बरको बसमा गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा पुगेको टोलीले बस चेकजाँच गर्ने क्रममा इन्द्रबहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकलबहादुरको साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*