दुर्घटनामा चालकको मृत्य

साझाकुरा
२०७९ असार १८, शनिबार १२:२७

हेटौंडा– मकवानपुरको बकैया–११ कान्तिलोक पथमा ट्रक सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । भारतीय सि.जी.०७ बि.एच. ५५२७ नम्बरको ट्रक सडकबाट तल खस्दा चालक भारत पटना जिल्ला महाबलिपुरका अन्दाजी ४० बर्षीय सुरेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । शुक्रबार बिहान ११ बजेर १० मिनेटको समयमा हेटौंडाबाट कान्तिलोक पथ हुँदै बकैयाको ठिंगनतर्फ जाँदै गरेको ट्रक सडकबाट तल खस्दा चालक यादवको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । यस्तै ट्रकका सहचालक भारत रौतास जिल्लाका अन्दाजी १८ बर्षीय अजित यादब भने हामफालेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ । मृत्यु भएका यादवको शव अहिले हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको गरेको प्रहरी प्रवक्ता कार्की बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*