जन्मदिनमा बृद्धाश्रमलाई सहयोग
हेटौंडा- हेटौंडा–१ जरुवाटोल नवासी किरण दुतराजले आफ्नो जन्मदिनको उपलक्ष्यमा शनिबार हेटौंडा चौकीटोलस्थित ॐ वृद्धाश्रममा आर्थिक सहयोग गरेका छन् ।
४३ आंै जन्मदिन मनाउन पत्नी मुनु श्रेष्ठ दुतराजसहित वृद्धाश्रम पुगेका किरणले वृद्धाश्रमको भौतिक निर्माणमा सहयोग पु¥याउने उद्देश्यले नगद दश हजार पाँचसय पचपन्न रुपियाँ, दूध आठ लिटर, आँप आठ केजी र सात दर्जन केरा बृद्धवृद्धाहरुको लागि सहयोग गरेका हुन् ।‘जन्मदिनमा समाजमा केही सकारात्मक प्रभाव पर्ने काम गरौं भनेर वृद्धाश्रमलाई सहयोग गरेको हुँ’, दूतराजले हरेक व्यक्तिले जन्मदिन र अन्य विशेष दिनलाई समाजमा सहयोग गर्ने वातावरण बनाउन सके समाज विकासमा केही टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले वृद्धाश्रमका उपाध्यक्ष बेगम बराललाई नगद हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नं. का अध्यक्ष तथा नगरका प्रवक्ता सविन न्यौपाने, नेपाल सुनचाँदी व्यवसायी संघ मकवानपुरका सचिव राजकुमार रसाइलीलगायत सहभागी थिए । यसैगरी, अमेरिका प्रस्थानको तयारीमा रहेका हेटौंडा–५ निवासी अस्मित अग्रवालले शनिबार नै आफू अमेरिका जान पाएको खुशियालीमा ॐ वृद्धाश्रमलाई नगद तीन हजार एकसय पाँच रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् ।







