छुवाछुतमुक्त वडा बनाउन सबै लाग्नुपर्छः अध्यक्ष न्यौपाने

साझाकुरा
२०७९ असार १९, आईतवार १०:३६

हेटौंडा- हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले समाजमा व्याप्त जातीय छुवाछुतको अन्त्य गर्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका छन् । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाको समन्वयमा टोल विकास वडा समन्वय समितिको आयोजनामा शनिबार भएको एकदिने सचेतनामूलक कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले जातीय भेदभाव समाजको ठूलो अपराध भएको भन्दै यसको अन्त्य गर्न सबै टोलबासी लाग्नुपर्ने बताए । समितिका अध्यक्ष सुदर्शन पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष न्यौपानेले समाजमा रहेका यस्तै विभेदकारी कुप्रथाको कारण नेपाली समाज अपेक्षाकृत विकासित नसकेको उनको भनाइ थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका अधिकृत भैरब कुमाल र कमलकुमार विश्वकर्माले जातीय विभेद र यससंग सम्बन्धित कानूनी प्रावधानहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य ईश्वर रसाइली, वडा अध्यक्ष मनु दाहाल, पूर्व वडा सदस्य सोमलाल स्याङ्तान, सरस्वती श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*