यातायात व्यवसायी सहकारीको १३ औं वार्षिक साधारण सभा

साझाकुरा
२०७९ असार १९, आईतवार १०:४०

हेटौंडा- यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । साधारण सभा संस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाको प्रमुख अतिथ्यतामा भएको हो ।कार्यक्रममा संस्थापक अध्यक्ष सुमनलाल श्रेष्ठ, संस्थापक सचिव सरोज खनाल, कानुनी सल्लाहकार मुकुन्दप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो । यातायात व्यवसायीहरु मिलेर संचालन गरेको यस संस्थाले टायर, लुम्ब्रिकेन्ट, पार्टस् र पेट्रोलियम पदार्थ बिक्री गर्ने गर्दछ । १९४ जना शेयर सदस्य रहेको सहकारीको पुजीँ भने ६ करोड ९० लाख ६६ हजार ८ सय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*