सञ्चो हस्पिटल र सहकारीबीच सम्झौता

साझाकुरा
२०७९ असार २०, सोमबार १०:०९

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ स्थित सखित्व बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले अब सञ्चो हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । हेटौंडा–१ मा रहेको सञ्चो हस्पिटल प्रालि र सहकारीबीच आइतबार उपचार सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको हो । सञ्चो हस्पिटलका अध्यक्ष विजय पुडासैनी र सखित्व बचत तथा ऋण सहकारी संस्थाकोतर्फबाट अध्यक्ष बालकृष्ण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्पिटलले सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थ प्याकेज सेवा उपलब्ध गराउने अस्पतालका व्यवस्थापक असोक कायस्थले जानकारी दिए ।

हस्पिटलले हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, पेट छाती, मुटु मधुमेह, ब्लड प्रेसर, नाक कान घाँटी, छाला रोग, बाल रोग, छाला रोग, फिजियोथेरापी, पिनास, प्यारालाइसिस, प्राकृतिक उपचार सेवा, आधुनिक ल्याव, पायल्स फिष्टुला, फिसरको अपरेशन तथा फार्मेसी सेवा प्रदान गरिरहेको छ । छुट सुविधाका लागि सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*