यातायात व्यवसायी सहकारीको अध्यक्षमा पौडेल निर्वाचित

साझाकुरा
२०७९ असार २०, सोमबार १३:४२

हेटौंडा- हेटौंडा १० स्थित यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन् । यातायात व्यवसायीहरुद्वारा सञ्चालित सहकारीको अध्यक्षमा पौडेल निर्वाचित भएका हुन् । पौडेल ९२ मतसहित निर्वाचित भएका । उनको प्रतिद्वन्द्वी सुमनलाल श्रेष्ठ ५५ मत प्राप्त गरेका थिए । निर्वाचित अध्यक्ष पौडेल यस अघि दुई कार्यकाल अध्यक्ष भइसकेका छन् भने श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । त्यस्तै, उपाध्यक्षमा केशव कुमार उप्रेती (७३) र तीलक कार्की (६८) मत प्राप्त गरेका थिए ।
सचिवमा सुनील कुमार न्यौपाने(८७) र देवनारायण लामिछाने (५४), सहसचिवमा रमेश उप्रेती(८७) र दीपक सिं बुढाथोकी(५४) मत प्राप्त गरेका छन् । संस्थाको कोषाध्यक्षमा कुमार बर्तौला(९८) र रामप्रसाद विडारी(४५) मत प्राप्त गरेका थिए । संस्थाको सदस्यहरु भने निर्विरोध भएका छन् । सदस्यहरुमा प्रकाश पौडेल, माधव प्रसाद अधिकारी, कृष्णमान स्याङ्तान, दिवस अर्याल, चन्द्रकिरण श्रेष्ठ, विक्रम पौडेल, सन्तोष श्रेत्री, विष्णुहरि विडारी  रहेका छन् । संस्थाको लेखा समिति संयोजकमा रमेश रेग्मी र सदस्यहरुमा सुन्दर न्यौपाने र वीरविक्रम श्रेष्ठ चयन गरिएको निर्वाचन समिति संयोजक अधिवक्ता मुकुन्द प्रसाद अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*