लागूऔषध गाँजासहित एकजना पक्राउ

साझाकुरा
२०७९ असार २१, मंगलवार ११:३०

हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–५ कुत्तासिङबाट ३ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहान रहेका छन् । ईलाका प्रहरी कार्यालय
मनहरीबाट खटिएको प्रहरीले आइतबार बिहान चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका चौहानलाई उक्त लागूऔषध गाँजासहित पक्राउ  गरेको हो । पक्राउ परेका चौहानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*