सामूहिक खेतीलाई प्राथमिकतामा राखिन्छः मन्त्री हुमागाईं

साझाकुरा
२०७९ असार २२, बुधबार १०:३६

हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले अनुदानलाई व्यवस्थित गर्दै सामूहिक खेतीलाई प्राथमिकतामा राखिने बताएका छन् ।
हेटौंडामा मंगलबार कृषि पत्रकारितासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अनुदानलाई प्रदेश सरकारले व्यवस्थित गर्दै सामूहिक खेतीलाई प्राथमिकता दिने बताएका हुन्।
उनले प्रदेश सरकारले अनुदानलाई व्यवस्थित गर्नको लागि अन्य प्रकारको अनुदान खारेज गर्दै उत्पादनमा आधारित अनुदान कार्यक्रममात्र ल्याएको बताए ।

मन्त्री हुमागाईंले प्रदेशको समग्र कृषि क्षेत्रलाई कसरी विकास गर्ने भनी मन्त्रालयले तयार पारेको किसान लक्षित मार्गचित्रभित्रका योजनालाई कार्यान्वयनतर्फ लैजाने कार्य भइरहेको बताए । उनले मन्त्रालयका कमजोरी औंल्याउँदै सबल पक्षको समाचार लेखी मन्त्रालयले गरेका कामहरु किसानसमक्ष पु¥याउन अनुरोध गरेका छन् । अन्तक्र्रियामा बोल्दै मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले तथ्यमा रहेर समाचार लेख्दा थप प्रभावकारी देखिने बताए । उनले वडावडामा प्राविधिक, ल्याब सञ्चालन, थोक बजार केन्द्र निर्माण, प्राड्डारिक मल प्रयोगमा कार्ययोजना, कोल्ड च्याम्बर निर्माणका साथै गतवर्षकै प्रतिलिटर दूध अनुदान कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम सुरु गरिने बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता एवम् कृषि प्रसार अधिकृत झलकनाथ कँडेलले मन्त्रालयले आव २०७९÷०८० को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा मन्त्री हुमागाईको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख ब्रजकिशोर ठाकुरलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*