फाउण्डेशनद्वारा २० जनाको सदस्यता खारेज
हेटौंडा- मदन भण्डारी फाउण्डेशन मकवानपुरले २० जनाको सदस्यता खारेज गरेको छ । फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले २० जनाको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । बैठकले फाउण्डेशन बिरोधी गतिविधि गरेको भन्दै बलराम फुँयाल, किशोर टण्डन, गणेशबहादुर रसाईली, लोकनाथ पाण्डे, शिवनाथ चौधरी, धुब्र भुजेल, मिना लामा, गायत्री सुवेदी, उद्धबप्रसाद सापकोटा, सत्यनारायण मण्डल, पुरुषोत्तम आचार्य, रामचन्द्र दाहाल, हीमप्रसाद पौडेल, सुकराम केसी, पारस पाठक, यादवप्रसाद गौतम, गौतम केसी, धन मुक्तान र किरणमान बललाई साधारण सदस्यसमेत नरहने गरी सदस्यता खारेज गरेको फाउण्डेशनका अध्यक्ष खुलालले बताए ।
बैठकले ७१ औं मदन जयन्तीका अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रमको समिक्षा गरेको छ । मदन जयन्तीमा आयोजित सबै कार्यक्रमहरु प्रभावकारी भएको भन्दै सहयोग र संयोजन गर्ने सबैमा बैठकले धन्यवादसमेत व्यक्त गर्ने निर्णय गरेको छ ।







