नवोदयमा ‘म्याथ क्याम्प फायर’

साझाकुरा
२०७९ असार २२, बुधबार १०:५८

हेटौंडा- विद्यालयमा विभिन्न रचनात्मक गतिविधि गरेर विद्यार्थीको पठनपाठनमा सरलीकृत गर्दै आइरहेको नवोदय शिशु सदनमा ‘म्याथ क्याम्प फायर’ कार्यक्रम भएको छ ।
नवोदय गणित समूहका अध्यक्ष एल्जिना दंगालको सभाध्यक्षतामा भएको नवोदय म्याथ क्याम्प फायर कार्यक्रममा २४ वटा स्टल विद्यालयको प्राड्गणमा राखिएको थियो ।
नवोदय गणित समूहको आयोजनामा भएको कार्यक्रममा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले हलो, ढिकी र मादल निर्माण गर्दा गणित विषयको प्रयोगको विषयमा प्रस्तुति दिएका थिए ।

कमाने एकेडेमी विद्यालयका विद्यार्थीले ‘द म्याथ अफ आवर युनिभर्स’ सम्बन्धी सामग्री स्टलमा राखेका थिए । गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्प फायर कार्यक्रम नवोदय गणित समूहको चौथो कार्यक्रम हो । यसैगरी, नवोदय विद्यार्थीले साँस्कृतिक कला, ब्रम्हाण्ड र प्राकृतिसँग गणित कसरी जोडिएको छ भन्ने सामग्री जस्तै (चरेसको थाल, ग्यालेक्सी, गितार, सारंगी, रंगेली, हिमालय श्रृंखला, ट्याली हाउस) लगायत स्टल प्रस्तुत गरेका थिए ।

कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्दत मिल्ने भएकोले नवोदय गणित समूहले कार्यक्रम गर्दै आइरहेको छ । म्याथ क्याम्प फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने नवोदयका गणित शिक्षक गोपाल घिमिरेले बताए । गणित विषय आफैंमा कठिनाई नभएको भन्दै गणितलाई आफैंले कठिनाई बनाइएको निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बताएका छन् ।

सुवेदीले गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु र प्रत्येक पाइलामा प्रयोग गर्न उपाय निकाल्न सक्ने जनशक्ति निर्माण गर्नु गणितको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताए ।  नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले दैनिक जीवनमा गणित विषय कसरी प्रयोग हुन्छ भन्ने विषयमा जोड दिएका थिए । नवोदय विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको सौर्य प्रणाली गणित विषयमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्तुति तारिफयोग्य रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*