हेटौंडाकी एक महिलामा देखियो हैजा

साझाकुरा
२०७९ असार २३, बिहीबार ११:३७

हेटौंडा- हेटौंडाकी एक महिलामा जथाभावी फालिने फोहोर र प्रदुषित पानीका कारण हुने हैजाको संक्रमण देखिएको छ । गर्मी र वर्षातको समयमा हैजाको जोखिम अझ बढी हुन्छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ की ३३ वर्षीया महिलामा हैजा देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनी दुई हप्ता अघि काठमाडौंस्थित माइती गएर आएको खुलेको छ । काठमाडौंमा हैजाको संक्रमण निरन्तर फैलिएको छ । अत्यधिक फोहोर र प्रदुषित पानी  रहेको काठमाडौंमा दैनिक हैजाको संक्रमण बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा हैजाका बिरामी दुई दर्जनको हाराहरीमा पुगेको जनाइएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले काठमाडौंस्थित माइती गएर आएकी हेटौंडा–१ की महिलामा हैजा देखिएको बताए । उनी काठमाडौंमा रहँदा ३ दिन अघि बिरामी भएको र उपचार गर्दा हैजा देखिएको उनले जानकारी दिए ।महिलाको विरेन्द्र सैनिक अस्पतालमा उपचार भैरहेको र स्वास्थ्य अवस्था ठिक रहेको जनाइएको छ । काठमाडौं बसाई क्रममा महिलामा हैजा देखा परेको भन्दै सूचना अधिकारी घिमिरेले हेटौंडाबासीलाई डराउनु नपर्ने बताउँदै सचेत रहन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*