विद्युतीय राहदानीको फारम स्थानीय तहबाटै निःशुल्क भर्न सकिने

साझाकुरा
२०७९ असार २४, शुक्रबार १०:३०

हेटौंडा- आज शुक्रबारबाट राहदानी र राष्ट्रिय परिचयपत्रको विद्युतीय फारम मकवानपुरको १० वटै स्थानीय तहबाट निःशुल्क भर्न सकिने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले २१ गते स्थानीय तहका प्रमुख र अधिकृतहरुसँगको छलफलपछि यस्तो निर्णय गरिएको बताएका हुन् । जिल्ला प्रशासन कार्यालयले मकवानपुरका सेवाग्राहीको सहजताका लागि पालिकाबाटै फारम भर्ने व्यवस्था मिलाइएको पाण्डेको भनाइ छ । उनले स्थानीय तहहरुसँगको सहमति अनुसार जिल्ला प्रशासन कार्यालयमा हुने भीडभाडलाई कम गर्न आजबाटै राहदानीको विद्युतीय फारम भरिने जानकारी दिए । यस्तै राष्ट्रिय परिचयपत्रको फारम साउन १ गतेबाट स्थानीय तहमा सञ्चालनमा आउने जानकारी दिए ।पाण्डेले अनलाईन फारम हप्तामा एकदिन शुक्रबार मात्रै भर्न सकिने बताए । प्रत्येक दिन ९० जनाको राहदानीको बायोमेट्रि गर्नेगरि एकहप्तामा ५४० जनाको आवेदन लिइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*