बरिष्ठ पत्रकार बिष्टको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा

साझाकुरा
२०७९ असार २४, शुक्रबार १०:३४

हेटौंडा- मकवानपुरका बरिष्ठ पत्रकार प्रताप विष्टले लेखेको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा आएको छ । बिष्टले अल्पसंख्यक चेपाङ, बनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा लेखेको पुस्तक ‘छेलिएका अनुहार’ कृति सांग्रीला पब्लिकेशनले प्रकाशन गरेर बजारमा ल्याएको हो । पुस्तक असार ३२ गते शनिबार हेटौंडामा औपचारिक रुपमा सार्वजनिक गर्ने जनाइएको छ ।२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालदेखि अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न थालेका थिए ।बिष्टले चेपाङ, बनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*