हुप्रचौरबाट लागूऔषधसहित युवक पक्राउ
हेटौंडा- वडा प्रहरी कार्यालय हेटौंडाले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा–४ हुप्रचौरबाट लागूऔषधसहित २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ नम्बर वडाकै २० वर्षीय प्रबिन सुनार रहेका छन् । हुप्रचौरमा शंकास्पद अबस्थामा बसिरहेका सुनारको साथबाट लागूऔषध डाईजेपाम ४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उक्त लागुऔषध सहित सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







