खाद्यान्न तथा किराना व्यवसायी संघको अध्यक्षमा अधिकारी

साझाकुरा
२०७९ असार २६, आईतवार १०:२२

हेटौंडा- खाद्यान्न तथा किराना व्यवसायी संघ मकवानपुरको अध्यक्षमा युवा व्यवसायी काव्यमणि अधिकारी चयन भएका छन् ।शनिबार भएको खाद्यान्न व्यवसायी संघको आठौं साधारणसभा तथा अधिवेशनले अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अधिकारीको नेतृत्वमा चयन भएको संघको उपाध्यक्षमा सुदर्शन खरेल, महासचिव कुलप्रसाद चौलागाईं, कोषाध्यक्ष प्रदीपकुमार गुप्ता, सचिव राजेन्द्र फुयाँल तथा सदस्यमा अनिल बस्नेत, बासु दाहाल, सत्यबहादुर प्रजापति, प्रल्हाद सापकोटा र कृष्ण मोक्तान रहेका छन् । साधारणसभाकै बीच नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुर र मकवानपुर किराना व्यवसायी संघ मर्ज भएको छ । मर्जपश्चात संस्थाको नाम नेपाल खाद्यान्न तथा किराना व्यवसायी संघ राखिएको छ । खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।साधारणसभामा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल खग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*