मातृभूमि साहित्य समाजद्वारा आधा दर्जन स्रष्टा सम्मानित

साझाकुरा
२०७९ असार २६, आईतवार १०:२५

हेटौंडा- मातृभूमि साहित्य समाजले विभिन्न क्षेत्रमा योगदान पु¥याएका आधा दर्जन स्रष्टालाई सम्मान गरेको छ ।शनिबार समाजले शिक्षा, साहित्य तथा मनोरञ्जनको क्षेत्रमा योगदान पु¥याएका ६ जना स्रष्टालाई सम्मान गरेको हो । समाजले १५ हजार राशीसहित इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८ बाट काठमाडौंका सुष्मा केसीलाई प्रदान गरेको छ ।त्यस्तैगरी नगद १५ हजार राशीसहित श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०७८ बाट हेटौंडाका समाजसेवी सिद्धिलाल श्रेष्ठलाई प्रदान गरेको छ । १० हजार रुपैयाँ नगद राशीसहित हातेमालो मातृभूमि युवा सृजनशील सम्मान २०७८बाट हेटौंडाका गायिका सुनिता बुर्लाकोटीलाई प्रदान गरिएको छ ।

सोही अवसरमा १५ हजार राशी सहित शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ बाट लामो समय शिक्षण पेशामा लागेका मकवानपुरका गोकुललाल श्रेष्ठ र नीरा गोर्खालीलाई प्रदान गरिएको छ । ७ हजार ५ सय नगद राशीसहित झलक बहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७८ बाट मकवानपुरको कमला आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सिर्जना लोलाई प्रदान गरिएको छ । हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा सम्पूर्ण पुरस्कारहरु प्रदान गरिएको थियो । समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक मकवानपुरका अध्यक्ष निमेष निखील, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, समाजका संरक्षक ह्यग्रीव आचार्य, साहित्यकार देवराज खरेल, आरसी रिजालको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*