आँचल साहित्यको अध्यक्षमा सापकोटा सर्वसवम्मत
हेटौंडा- आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा सर्वसवम्मत चयन भएकी छन् । शनिबार हेटौंडामा भएको अधिवेशनले साकोटालाई सर्वसम्मत रुपमा महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्ष चयन गरेको हो । सापकोटाको नेतृत्वमा ९ सदस्यीय समिति चयन भएको छ । पुञ्जको उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम चयन भएकि छन् । यस्तै सदस्यमा भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी र ज्योत्सना श्रेष्ठ चयन भए । तीन वर्षे कार्यकालका लागि नवनिर्वाचित समितिले कार्यसमितिमा २ जनालाई मनोनित गरी ११ सदस्यीय समिति बनाउने नवनिर्वाचित अध्यक्ष सापकोटाले बताइन् ।







