परियारको उपचारका लागि सहयोगको अपिल
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११, स्थित मामाघर नेपालको भान्सा सहयोगी ३९ वर्षीया कोपिला परियारलाई मस्तिष्कघात भएपछि उपचारमा समस्या भएको छ ।
परियारको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको लागि अपिल गरिएको छ । आइतबार बिहान अकस्मात बिरामी भएपछि हेटौंडा अस्पतालमा उपचार गराउँदा मस्तिष्कघात भएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिए ।सोमबार बिहानसम्म मस्तिष्कमा जमेको रगत नफाटेको अवस्थामा शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको पराजुलीले बताए । पराजुलीले परियारको उपचारको लागि अर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
सहयोगमा सञ्चालन भइरहेको मामाघर नेपालसँग पर्याप्त रकम नभएको भन्दै सबैको सहयोगबाट शल्यक्रिया गर्नुपर्ने भएकोले सहयोगका लागि अपिल गरेको उनी बताउँछन् । सडक बालबालिकाहरुको उद्दार, परामर्श, आवासीय सेवासहित शिक्षा, स्वास्थ र पारिवारिक पुर्नःस्थापना कार्य मामाघर नेपालले गर्दै आइरहेको छ ।







