सुमार्गीको सक्रियतामा पुष्प खेती कार्यक्रम संचालन गर्न सम्झौता

साझाकुरा
२०७९ असार २८, मंगलवार ०९:५९

हेटौंडा- नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीको सक्रियतामा धनगढी उपमहानगरपालिका र केन्द्र बीच पुष्प खेती कार्यक्रम संचालन गर्न सम्झौता भएको छ ।केन्द्रका सभापति सुमार्गी र उपमहानगरपालिका प्रमुख गोपाल हमालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । धनगढीमा फूलको उत्पादन र धनगढीलाई फूलको शहर बनाउन केन्द्रले उपमहानगरपालिकासंग सहकार्यको सुरुवात गरिएको केन्द्रका सभापति सुमार्गीले बताए । सुमार्गीले केन्द्रले भविष्यमा थप कार्यक्रमलाई समेत जोड्दै लैजाने बताए ।सुमार्गीले भैरहवाका फुल कृषक रमेश पाण्डे र नुवाकोटका रामशरण बानियाँलगायत पुष्प विज्ञहरूलाई सो कार्यमा जोड्ने बताए ।

समझदारी अन्तर्गत केन्द्रले फुल खेती गर्न आवश्यक प्राविधिक व्यवस्था गर्ने, व्यवसायीक फूल खेती गर्नका लागि नयाँ जातिको फूलको बिरुवा निःशुल्क वा सहुलियत मूल्यमा उपलब्ध गराउने, फूल खेती गर्न आवश्यक तालिम संचालन गर्ने, उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्नेछ भने उपमहानगरपालिकाले फूल खेती गर्न कृषक, कृषक समूह वा कृषि सहकारी छनोट गर्ने, फूल खेती गर्न आवश्यक स्थान जग्गा उपलब्ध गराउने, फूल खेती गर्न आवश्यक प्राविधिकलाई यातायात खर्च र दैनिक भत्ता उपलब्ध गराउने, फूल खेती गर्न विभिन्न सस्थाहरुसंग सहकार्यको व्यवस्था मिलाउने र उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्ने लगायत उल्लेख छ ।

समझदारीमा हस्ताक्षरपछी उपमहानगरपालिका प्रमुख हमालले केन्द्रसंग सहकार्य गर्न पाउदा खुशी व्यक्त गरे । उनले धनगढीलाई फुलमा आत्मनिर्भर बनाउन आफू लागि परेको समेत बताए । समझदारी समारोहमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कल्पना गैरे,बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष दानबहादुर सुर्मेली, जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाललगायतको उपस्थिति रहेको थियो । सभापति सुमार्गीले अत्तरियामा बन्दै गरेको अत्तरिया उद्योग बाणिज्य संघको भवन पनि निरीक्षण गरेका छन । उनले निर्माणाधीन भवनलाई आवश्यक सहयोग गर्ने वचन दिएका छन् । अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहितको टिमले सुमार्गीलाई स्वागत गरेको थियो । सुमार्गीले नेपालभरि नै सय किसान अभियान पनि सञ्चालन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*