यातायात पूर्वाधार र मातहतका कार्यालयको खर्च साढे ७ अर्ब
हेटौंडा – चालू आर्थिक वर्ष २०७८÷०७९ मा पूर्वाधार विकासमा सबैभन्दा धेरै बढी बजेट बिनियोजन गरेर काम गरिएको बागमती प्रदेशमा ६१ दशमवल २८ प्रतिशत मात्रै खर्च भएको छ ।प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडा र निर्देशनालय मातहतका कार्यालयले चालू आवमा ६१ दशमलव २८ प्रतिशत खर्च गरेको हो । चालू आवमा ७ अर्ब ४२ करोड ७१ लाख ७८ हजार २ सय ९७ रुपैयाँ मात्र खर्च गरेको जनाइएको छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलले निर्देशनालय र मातहतका कार्यालयका लागि १२ अर्ब १२ करोड ९ लाख ६६ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
चालु आर्थिक वर्षमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले भने ८८ दशमलव ६१ प्रतिशत बजेट खर्च गरेको सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए । उनका अनुसार निर्देशनालयले ४९ करोड ४४ लाख ४ हजार २ सय ४५ रुपैयाँ खर्च गरेको छ । तत्कालीन एमाले सरकारले निर्देशनालयका लागि ५५ करोड ७९ लाख ३२ हजार रुपैयाँ उपलब्ध गराएको थियो । पूर्वाधार विकास कार्यालय चितवनले ५९ दशमलब ८४ प्रतिशत मात्र खर्च गरेको छ ।
पूर्वाधार कार्यालय सिन्धुपाल्चोकले ६० दशमलब २९ प्रतिशत, पूर्वाधार कार्यालय ललितपुरले ५७ दशमलब ४८ प्रतिशत, पूर्वाधार कार्यालय रामेछापले ५४ दशमलब ९९ प्रतिशत, पूर्वाधार कार्यालय काभ्रेले ५३ दशमलब ९६ प्रतिशत, पूर्वाधार कार्यालय नुवाकोटले ६० दशमलब ८५ प्रतिशत, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले ५७ दशमलब १४ प्रतिशत, प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८ दशमलब २१ प्रतिशतमात्र रकम खर्च गरेको ओझाले जानकारी दिएका छन् । सबैभन्दा ठूलो बजेट यातायात निर्देशनालय र मातहतका कार्यालयमा पठाइएको थियो । जबकि विभाजित मन्त्रालयभन्दा बढी बजेट निर्देशनालय र मातहतका कार्यालयमा गएको थियो । निर्देशनाल र मातहतका कार्यालयले अपेक्षाअनुसारको खर्च गर्न नसकेका हुन







