पशुपतिनाथ माविमा शैक्षिक सामग्री निर्माण तालिम
हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा रहेको पशुपतिनाथ माविमा शिक्षकहरुका लागि शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिम भएको छ । मनहरी–४ मसिनेस्थित विद्यालयमा तालिम समापनका अवसरमा पशुपतिनाथ माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधब गौतमले तालिममा सिकेका बिषयबस्तुले शिक्षकको क्षमता र दक्षतामा बल पुग्ने विश्वास लिए । पशुपतिनाथ माविसँगै आधार विद्यालयहरु चेपाङ प्रावि, सृजना प्रावि र नवज्योति प्राविका शिक्षकहरुको पनि तालिममा सहभागिता रहेको थियो ।
विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालका कार्यक्रम संयोजक मिनप्रसाद रिजालले सहजीकरण गरेको तालिममा ४ वटा विद्यालयका १८ जना शिक्षकको सहभागिता रहेको थियो ।पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक रामचन्द्र तिमल्सिना, ईश्वर रिजालले तालिममा सिकेका बिषयलाई ब्यवहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।् ।







